
काठमाडौं । संघीय संसदको सचिवालय सचिवमा सुदर्शन खड्काको बढुवा भएको छ । सभामुख अग्निप्रसाद सापकोटा अध्यक्ष रहेको सचिवालय संचालन तथा व्यवस्थापन समितिको शुक्रबारको बैठकले खड्कालाई सचिवमा बढुवा गरेको हो ।
संघीय संसदको महासचिवमा भरतराज गौतम नियुक्त भएपछि राजपत्रांकित विशिष्ट श्रेणी सचिव पद रिक्त थियो ।
प्रतिक्रिया दिनुहोस