
काठमाडौं । नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा ४२४ जना पुरुष र २४ जना महिला रहेका छन् ।
नयाँ थपिएका संक्रमित मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका ३४, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १०, पर्वतका १३, स्याङजाका २२, नवलपरासीका ७, तनहुँका १, बर्दियाका १५, बाँकेका १, धनुषाका १५, सर्लाहीका ५२, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेतका ४५, अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६, बाराका १, नुवाकोटका १, रौतहटका ८६ र काठमाडौँका १ जना रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने ८ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस