काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । स्वास्थय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको जनाएका हुन् ।
प्रवक्ता गौतमका अनुसार अर्घाखाँचीका ५७ वर्षीय यमप्रसाद खनालको कोरोनाबाट मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ पुगेको हो । त्यस्तै, संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने ८ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस