
उदयपुर । उदयपुरमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका ४४८ जना कोरोना संक्रमित मध्ये ३ जना उदयपुरका रहेको बताएका हुन् ।
प्रवक्ता गौतमका अनुसार उदयपुरमा थपिएका नयाँ संक्रमित बेलका नगरपालिकाका २२, २६, र ३३ वर्षीय पुरुष रहेका छन् । संक्रमित तिनैजना भारतबाट फर्किएका हुन् । उनीहरुलाई सोहि नगरपालिकाको वडा नं ९ को सिटीहल क्वारेन्टाइनमा राखिएको छ ।
योसंगै उदयपुरमा मात्रै ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३३ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै, हालसम्म नेपालभर कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने ८ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस