aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० जेठ २०७७
काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । 

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित महिला युएईबाट जेठ २३ गते एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएकी थिइन् । उनलाई पाटन अस्पतालको आइसोलेसनमा पठाइ सकिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने ८ सय ७७ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस