
काठमाडौं । दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि प्रदेश १ ले विज्ञ पाउन सकेको छैन । प्रदेश १ को लोकसेवा आयोगले विज्ञहरुको सूची तयार गर्न दुई पटकसम्म सूचना प्रकाशित गर्दा पनि विज्ञ नपाएको हो । शुक्रबार फेरि आयोगले विज्ञहरुको सूची तयार गर्ने सम्बन्धी तेस्रो पटक सूचना जारी गरेको छ ।
गोरखापत्रमा तेस्रो पटक प्रकाशित सूचनामा भनिएको छ । प्रदेश १ को लोकसेवा आयोगको कार्य सम्पादनलाई व्यवस्थित, वैज्ञानिक, विश्वासनीय र भरपर्दो बनाउन प्रदेश लोकसेवा आयोगले विभिन्न क्षेत्रगत विषयहरुमा अध्ययन, अनुसन्धान गर्न निति, योजना निर्माण गर्न तथा लोकसेवा आयोगबाट लिइने परिक्षा प्रणालीलाई निस्पक्ष, वैज्ञानिक र भरपर्दो बनाउने प्रयोजनका लागि विषय विज्ञहरुको सूचि तयार गर्नुपर्ने भएकाले यो सूचना प्रकाशन गरिएको छ ।’
सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित विषयका अनुभवी तथा विषय विज्ञहरुले निवेदन फारम भरी आयोगको कार्यालय वा इमेल ठेगाना [email protected] मा पठाउन अनुरोध गरिएको छ । निवेदन फारम आयोगको वेबसाइड psc.p1.gov.np बाट डाउनलोड गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस