
भारत । कोरोना संक्रमणको विश्वका खराब मुलुकको सूचीमा भारत चौथो स्थानमा उक्लिएको छ। एकै दिन ११ हजार बढि नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा भारत चौथो स्थानमा पुगेको हो । दुई दिन अघिसम्म भारत छैठौँ स्थानमा थियो।
विश्वभर २ सय १५ मुलुक कोरोना संक्रमणबाट गुज्रिरहेका छन्। त्यसमध्ये खराब मुलुकको पहिलो स्थानमा अमेरिका, दोश्रो स्थानमा ब्राजिल, तेश्रोमा रुस र चौथो स्थानमा भारत रहेको छ ।
धेरै कोरोना संक्रमित मध्ये अमेरिकामा संक्रमितको संख्या झण्डै २१ लाख रहेको छ भने ब्राजिलमा ८ लाख ५ हजार बढि रहेका छन् । त्यस्तै, रुसमा कोरोना भाइरसको संक्रमित ५ लाख ११ हजार रहेको छ भने भारतमा झण्डै तीन लाख रहेका छन् ।
प्रतिक्रिया दिनुहोस