aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
चर्को भाडा

चार्टर हवाई भाडा पुनरावलोकन गर्ने सरकारी निर्णय, प्रतिस्पर्धी मूल्यमा भाडादर कायम हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० जेठ २०७७
चार्टर हवाई भाडा पुनरावलोकन गर्ने सरकारी निर्णय, प्रतिस्पर्धी मूल्यमा भाडादर कायम हुने

काठमाडौं । सरकारले विदेश अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर्न तोेकेको चार्टर हवाइ भाडामा पुनरावलोकन गर्ने भएको छ । उद्दारमा प्रयोग हुने चार्टर फ्लाइटको भाडा सामान्य समयको भन्दा मह्गो भएको आलोचन भएपछि सरकारले सम्बन्धित देशका दूतावासको संयोजनमा विमान चार्टर गर्ने र प्रतिस्पर्धी मूल्यमा टिकट प्रदान गर्न व्यवस्था मिलाउने निर्णय गरेको हो । शुक्रवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले चार्टर फ्लाइटको टिकट दरबारे यसअघिको  निर्णयमा पुनरावलोकन गर्न निर्णय गरेको हो  । 

कोभिडका कारण स्वदेश र्फकनै पर्ने बाध्यतामा परेका नेपालीलाई तोकेको भाडा महँगो भएकाले यसमा पुनरावलोकन गर्दै प्रतिस्पर्धी मूल्यमा टिकट प्राप्त गर्न सक्ने गरी निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेले बताएका छन् । 

अब सरकारले तोकेको  भाडा दरको निर्णय नेपाल सरकारले पुनरावलोकन गरे पछि मात्रै प्रतिस्पर्धी भाडा दर तोकिने छ । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन गैरआवासीय नेपाली संघ  लािग परेको छ । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश नफर्काए संघ आफैले हवाईजहाज भाडामा लिएर भए पनि नेपालीको उद्दारको लागि तयार रहेको बताइएको छ । 

यसअघि पनि विभिन्न फोरमा गैर आवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले उनीहरूको  उद्दार नगरे संघले गर्ने बताउँदै आएका छन् । सरकारले बुधबार खाडीमुलुकसँगै अमेरिका, युरोपसहित २८ देशको हवाइ भाडा तोकेको छ । 

सरकारले हवाई भाडामा न्यूनतम १९ हजार ८ सय देखि १ लाख ६२ हजारसम्म रहेको छ । हवाइ भाडा तोकिएको देशहरूमध्य सबैभन्दा कम भाडा बंगलादेशको रहेको छ भने सबैभन्दा बढी भाडा बेलायको रहेको छ । बेलायतको हवाइ भाडा १ लाख ६२ हजार तोकिएको छ भने बंगलादेशको हवाइ भाडा १९ हजार ८ सय तोकिएको हो ।

विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चार्टर गरेर विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । त्यसमा पनि पहिलो प्राथमिकतामा भने करिब १२ हजार परेको  परराष्ट्र सचिव शंकर वैरागीले जनाकारी दिए । 

‘विदेशबाट स्वदेश फर्कन चाहनेको लिष्ट लामो भएपनि १२ हजारलाई भने तत्काल उद्दार गर्नुपर्ने देखिएको छ,’ उनले भने ‘हामी विस्तारै अन्यलाई पनि स्वदेश फर्काउने तयारीमा छौं ।’

सरकारले मलेसिया र खाडी मुलुकबाट मात्रै पहिलो चरणमा १७ हजार ७ सय ७४  नेपालीलाई ल्याउने सूची तय गरेको छ । परराष्ट्र मन्त्रालयले सीसीएमसीलाई पहिलो चरणमा साउदीबाट ३ हजार ३ सय १२, युएईबाट ४ सय १० बहराइनबाट ३ सय ७२ कतारबाट ३ हजार ६ हजार ६ सय ८ मलेसियाबाट ६ हजार ४ सय २५ , ओमानबाट ६ सय ५६, कुवेतबाट २ हजार ९ सय ९१ जना नेपालीको स्वदेश फिर्तीको सूची पठाएको छ ।
 

प्रतिक्रिया दिनुहोस