काठमाडौं । कोभिड-१९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले भने, ‘सरकारको यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोण कहिल्यै सही भएन । अहिलेको विषम परिस्थितिमा यो व्यवसायका लागि सरकारले कुनै पनि योजना निर्माण गर्न सकेको छैन । हाम्रो पीडा बुझिदिने कोही भएनजस्तो लाग्न थाल्यो ।’
सो कम्पनीका १ हजार ५ सय सवारी थन्किएका छन् । जसले गर्दा यातायात व्यवसायी किस्ता तिर्नसक्ने अवस्थामा छैनन् । केसी भन्छन्, ‘हामीले किस्ता रकम तिरिदिन सरकार र माननीयज्यूहरूलाई भनेका थिएनौँ, मात्र समय थप गरिदिन भनेका थियौँ तर सरकारले हाम्रो कुरो सुनेन ।’ यस्तो विषम परिस्थितिलाई हेरेर बैङ्कको ब्याज र किस्तालाई सहुलियत र छ महिना समय व्यवस्थापन गरिदिनका लागि बजेटअघि नै सरकारसँग माग गरेको स्मरण गराए ।
अरू उद्योगीले उठाएका कतिपय मागको सम्बोधन भएको तर आफ्नो मागको सुुनुवाइ पनि नभएको गुनासो यातायात व्यवसायीको छ । उनले भने, ‘३ महिना भयो, सवारीसाधन चलेका छैनन् । यातायात व्यवसायीका घरपरिवार कसरी बाँचेका होलान् भन्नेसम्मको ध्यान सरकारको जान सकेको छैन ।’
यातायात व्यवसायीले आफूहरू बेसहाराजस्तो भएको अनुभव सुनाउन थालेका छन् । व्यवसायी केसीले भभने, ‘बैङ्क तथा वित्तीय संस्थाबाट फोन आउँछ । किस्ता र ब्याज कसरी तिर्ने रु सवारीसाधनको तालाचाबी, कागजपत्र बुझाउनुको अन्तिम विकल्प छैन । व्यवसायीलाई रातभर निन्द्रा नलाग्ने अवस्था भएको छ ।’
प्रतिक्रिया दिनुहोस