काठमाडौं । सिंहदरबारको पुतली बगैंचाको १ सय ७६ रोपनी ८ आना क्षेत्रमा संसद्भवन बनाइने भएको छ । दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको हो ।
६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा भवन अहिलेसम्मकै सबैभन्दा आधुनिक शैलीको नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो । संसद्भवन निर्माणका लागि आइतबार ग्लोबल टेन्डर आह्वान गरिएको छ ।
भवन तीन वर्षमा निर्माण भए भाडामा बस्न थालेको १३ वर्षपछि संसद् बैठक आफ्नै भवनमा बस्नेछ ।
संघीय संसद्भवन परिसरमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, साझा कक्ष, अतिविशिष्ट व्यक्तिहरुको कार्यलय भवन, पुस्तकालय÷संग्रहालय, संसदीय दलको कार्यलय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस÷छपाई भवन, सुरक्षाकर्मी भवन र संसद् चिवालयको प्रशासनिक भवन रहनेछन । यस्तै सात सय सवारीसाधन पार्किङ गर्न सकिने सुविधासम्पन्न संसद भवन बन्ने समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस