aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

कोरोनाबाट थप दुई जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ जेठ २०७७
कोरोनाबाट थप दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप दुई जनाको मृत्यु भएको छ । विरगञ्जका पाँच वर्षिया बालकसहित दुई जनाको कोरोनाबाट मृत्यु भएको हो । 

वीरगञ्जको नारायणी अस्पतालका एक चिकित्सकका अनुसार बिहीबार वीरगञ्जको घण्टाघरछेउमा मृत्त फेला परेका अन्दाजी २५ वर्षका पुरुष र वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएका बाराका पाँच वर्षीय बालकको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । 

योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस