काठमाडौं । नेपालमा भारतीय खानेतेल प्रतिबन्धित भएपनि नेपालगञ्ज बजारमा यसको खुलेआम विक्री हुँदै आएको छ । भारतीय खानेतेल नेपाली बजारमा अवैध रुपमा विक्रीवितरण हुन थालेपछि आर्थिक वर्ष २०७४/०७५ देखि सरकारले नै यसमा प्रतिबन्ध लगाएको हो ।
तर नेपालगञ्ज भन्सार हुँदै परीक्षण र चेकजाँच विना यसको अवैध पैठारी भइरहेको छ । भारतीय ब्रान्डका चक्र, तुलसी, जय भारत, सनलाइट, टेक्टर र बैलकोलु, सनमुन, फच्र्युन, तड्का लगायत खानेतेल बजारमा देखिएका छन् ।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट तस्करहरुले ठूलो मात्रामा अखाद्य भारतीय ब्रान्डका तेल नेपा भित्र्याउन थलेको समाचार समाचार आजको आर्थिक अभियानमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस