aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

थप २७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ जेठ २०७७
थप २७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो

काठमाडौं । नेपालमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

संक्रमित हुनेमा झापाका ५ जना, रौटहटका ४४ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलवस्तुका ५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, महोत्तरीका १ जना, सर्लाहीका २ जना, गुल्मीका २ जना, कपिलवस्तुका २० जना, रुपन्देहीका ५ जना, रौटहटका ४८ जना र सर्लाहीका १० जना रहेका छन् ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५३३५ पुगेको छ। 

प्रतिक्रिया दिनुहोस