aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन, नेपालको नक्सामा गुमेको भूमि समावेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ जेठ २०७७
नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन, नेपालको नक्सामा गुमेको भूमि समावेश

काठमाडौं । शनिबार प्रतिनिधि सभामा नेपालको संविधिन दोस्रो संशोधन सर्वसम्मतले पारित भएको छ । संघीय कानुन तथा संसदीय व्यवस्था मन्त्री डा. शिवमाया तुम्फाहाम्फेले प्रतिनिधि सभामा नेपालको संविधिन दोस्रो संशोधन पेश गरेपछि सदनमा छलफल भएको थियो ।  

लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।

संसदमा उपस्थित रहेको २५८ जनामा नेपालको संविधान दोस्रो संशोधन पग पक्षमा २५८ जनाले मतदान गरेका छन भने विपक्षमा शुन्य मतपरेको छ । 

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल सकिएको हो । नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जेठ ९ गते दर्ता गरेको थियो।

सो विधेयकमा सरकारले जेठ ७ गते जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको छ। संविधान संशोधन कार्यान्वयन हुनका लागि अब यो विधेयक राष्ट्रिय सभामा दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने प्रावधान रहेको छ ।  शनिबार कुल २७५ जना प्रतिनिधि सभामा २५८ जनाले पक्षमा भोट हालेर सर्वसम्मतले पारित गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस