aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

जुवातास खेलिरहेको अवस्थामा तीन लाखभन्दा बढी नगद सहित १२ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३१ जेठ २०७७
जुवातास खेलिरहेको अवस्थामा तीन लाखभन्दा बढी नगद सहित १२ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका-१० बुद्धचोक डेरा गरी बस्ने अन्जना गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई नगद ३ लाख २९ हजार ८ सय ५५ रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अन्जना गुरुङको डेरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ७ जना पुरुष र ५ जना महिला गरी १२ जनालाई उक्त नगद र तास सहित फेला पारी पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस