aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ र २ का एक–दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

अहिले पनि प्रदेश ६ र ७ मा हल्का वर्षा भइरहेको छ भने दिउँसो देशका अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । 

मौसम पूर्वानुमान महाशाखाले प्रकाशन गरेको बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागती, गण्डकी र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना छ।

यस्तै राति प्रदेश २, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

प्रतिक्रिया दिनुहोस