aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

भीडभाडमा जादै हुनुहुन्छः विज्ञ भन्छन् आत्मघाती हुदैछ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
भीडभाडमा जादै हुनुहुन्छः विज्ञ भन्छन् आत्मघाती हुदैछ

काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाती हुने चेतावनी विज्ञले दिएका छन् । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञको भनाइ छ । 

स्वस्फूर्त र स्वतन्त्र रुपमा प्रदर्शन भइरहेका सभा, समारोह एवं प्रदर्शनीले जोखिम बढाएको संक्रामक रोग विशेषज्ञ (आईसीयू) विशेषज्ञ डा. अर्जुन कार्की भन्छन्, ‘भौतिक दूरी कायम पनि नगर्ने र मुखमा मास्क पनि नलगाउने हो भने कोरोना संक्रमण जोखिम बढ्छ ।’ 

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले दुई जनाबीच कम्तीमा पनि एक मिटरको दूरी कायम गर्नुपर्ने सुझाव दिएको छ । मुलुकमा अहिले दिनहुँ तीन सयको हाराहारीमा कोरोना संक्रमित फेला परेको स्वास्थ विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस