aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कोरोनाबाट थप एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । गुल्मीको रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिका ४ जैसिथोकका ३६ वर्षीय पुरुषको  शनिबार राति मृत्यु भएको हो । 

उपचारमा खटिएका एक चिकित्सकका अनुसार उनमा जेठ १२ कोरोना संक्रमण पुष्टि भएसँगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो। उनी २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए। स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन् । उनी आइसोलेशनको बेडमा जान र झर्न नसक्ने भएपछि भुँइमै राखेर उपचार गरिएको थियो।
 

प्रतिक्रिया दिनुहोस