
एजेन्सी । भारतको केन्द्री बैंकले बैंक सञ्चालकहरुका लागि नयाँ नियम बनाउदै गरेको समाचार सार्वजनिक भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतका बाणिज्य बैंकहरुका सञ्चालकहरुका लागि नयाँ ऐन जारी गर्ने तयारी गरेको बताएको छ ।
भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इण्डियाले कमर्सियल बैंकको प्रशासन नामको शिर्षकमा केन्द्रीय बैंकले बनाउन लागेको नयाँ नियममा बैंक सञ्चालकको उमेर ७० वर्ष र कार्यकाल १० वर्षसम्म बैंकमा सञ्चालक पदमा रहन पाउने व्यवस्था गर्न लागेको छ ।
भारतका केहि बैंकमा २ दशकभन्दा बढी अवधिदेखि बैंकको सञ्चालक रहदै आइका छन् । भारतको ठूलो बैंक कोटकका सञ्चालक उदय कोटक सन् २००३ सालदेखि निरन्तर कोटक महेन्द्र बैंकको सञ्चालक रहदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस