aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

कोरोना प्रतिरोधात्मक औषधिको माग बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
कोरोना प्रतिरोधात्मक औषधिको माग बढ्दै

रूपन्देही ।  कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंङ्घले शनिबारदेखि पत्रकारलाई औषधि वितरण गर्न शुरु गरेको हो ।

बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा औषधि निःशुल्क वितरण गर्न सुरु गरिएको महासङ्घका महासचिव कपिल ज्ञवालीले जानकारी दिए । 

ज्ञवालीका अनुसार शनिबार अस्पतालका सञ्चालक माधव थापाले महासङ्घका अध्यक्ष भुवन कार्कीलाई औषधि हस्तान्तरण गरे । महासङ्घले इच्छुक क्रियाशील पत्रकारहरूलाई यस्तो औषधि वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस