aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

फेरि घट्यो चार्टर उडानको भाडा, अब कुन देशबाट आउन कति लाग्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
फेरि घट्यो चार्टर उडानको भाडा, अब कुन देशबाट आउन कति लाग्छ ?

काठमाडौं ।  सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तोकिएको हवाई भाडादर फेरि घटाएको छ । यसअघि सार्वजनिक गरेको भाडा महँगो भएको भन्दै चर्को आलोचना भएपछि चार्टर्ड उडानको भाडा फेरी घटाईएको हो । 

शनिबार पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सका प्रतिनिधिलाई बोलाएर हवाई भाडादर पुनरावलोकनका लागि आग्रह गरेका थिए । यस आग्रहपछि खाडी राष्ट्र लगायत नेपालीको प्रमुख श्रम गन्तव्य मुलुकहरूबाट नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी गरिएको भाडादरमा फेरि पुनरावलोकन गरिएको हो ।

हेर्नुहोस् कुन देशबाट आउन कति लाग्छ ? 

उडान कहिले हुन्छ ? 
कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ३ गते, ६ गते र ८ गते उडान तालिका तय भएको छ । यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ भने मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुनेछ । ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो उडान असार १ गते हुने भएको छ । त्यसपछि अर्को उडान असार ४ गते, ७ गते हुनेछ भने बहराइनमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश ल्याइने भएको छ । 

प्रतिक्रिया दिनुहोस