
काठमाडौं । ओमानबाट नेपालीको स्वदेश फिर्तीका लागि हुने भनिएको दोस्रो उडान तालिका तीन दिन अघि सारिएको छ । ओमानमा रहेको नेपाली दूतावासले यसअघि जुन २१ अर्थात असार ७ गते हुने भनिएको उडान तीन दिन अघि सारेर जुन १८ अर्थात असार ४ गते हुने भएको हो ।
दोश्रो उडानमा १८० जना नेपाली स्वदेश फर्कंदै छन् । पहिलो उडान असार १ गते हुँदैछ । एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार २ सय ६१ रुपैयाँ तोकेको छ ।
नेपाल फर्कन चाहने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतवासले त्यस उडानमार्फत नेपाल फर्कने नेपालीले तोकिएको आफूलाई पायक पर्ने ठाउँमा कोरोना जाँच गराउन अनुरोध गरेको छ ।
कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एअर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । थप केही जानकारी आवश्यक परे पनि यो नम्बरमा फोन गर्न सकिनेछ ।
पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जनाएको छ । थप जानकारीका लागि ७१५९२४९०,७१५९२५०६ र ७१५३०८४० मा सम्पर्क गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस