aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या आठ पुग्यो, एक जना अझै बेपत्ता (अपडेट)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या आठ पुग्यो, एक जना अझै बेपत्ता (अपडेट)

काठमाडाैं । पर्वतको कुश्मा नगरपालिका ३ दुलुङमा शनिबार राति भीषण पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

१ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विश्वराज अधिकारीले जानकरी दिए । एक जनाको खोजी कार्य भइरहेको बताइएको छ ।

नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा उद्धार भइरहेको प्रहरी प्रमुख अधिकारीको भनाई छ ।

हिजो साँझ देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर धेरै पशुचौपायको पनि मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस