aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

चीनमा कोरोना भाइरसको दोस्रो लहरको त्रास बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
चीनमा कोरोना भाइरसको दोस्रो लहरको त्रास बढ्यो

चीन । चीनमा कोरोना भाइरसको दोस्रो लहरको त्रास बढेको छ। दुई महिनापछि चीनको राजधानी बेइजिङमा पहिलोपटक ठूलो संख्यामा स्थानीय स्तरमा संक्रमित फेला परेसंगै त्रास बढेको हो । 

२४ घण्टाको अवधिमा ५७ जना संक्रमित फेला परेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ। एसियाकै ठूलो दाबी गरिएको सिङ्फाडी होलसेल बजारमा यी संक्रमित भेटिएका हुन्।

यसअघि मध्य अप्रिलमा बेइजिङमा ३६ जना संक्रमित फेला परेका थिए। नयाँ संक्रमणले भाइरस स्थानीय स्तरामा पुनः देखा पर्नसक्छ भन्ने देखाएको छ।

स्थानीय स्तरमा संक्रमित फेला परेपछि राजधानी बेइजिङको दक्षिणपूर्वि क्षेत्रमा रहेको सो सिङ्फाडी बजार शनिबार ३ बजेदेखि बन्द गरिएको छ भने सो क्षेत्रसँगै त्यस वरीपरीका ११ वटा आवासीय क्षेत्रलाई समेत लकडाउन गरिएको छ। सो क्षेत्रमा प्रहरीलाई तैनाथ गरिएको छ।

प्रतिक्रिया दिनुहोस