aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

भोलिदेखि विद्यार्थीहरुलाई यसरी पढाइने, यस्तो छ तालिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
भोलिदेखि विद्यार्थीहरुलाई यसरी पढाइने, यस्तो छ तालिका

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेबाट रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्ने भएको छ ।

एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने तयारी थालेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ शुरु हुने रुटिन समेत जारी भइसकेको जानकारी दिए ।

उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस