काठमाडौं । यतिबेला बझाङको आधा दर्जनभन्दा बढी दुर्गम गाउँमा भोकमारी भएको छ । गाउँमा भोगमारी भइरहेका बेला व्यापारी भने चालम दुवानी गर्नुको साटो रक्सी ढुवानी नर्ग थालेका छन् ।
कृषकले लगाएको हिउँदे बाली गहुँ, जौ र उवा भित्र्याउने समयमा नहुँदै घरमा भएको खाद्यान सकिएपछि साइपाल गाउँपालिका धुली, लाफडी, न्युना, काया, जगेरा, बलोडी, बाजचौकालगायत गाउँमा खाद्यान्न संकटको अवस्था आएको हो ।
गाउँमा भोकमरी हुँदा खाद्यान्न ढुवानी गर्ने ठेकेदारको चाही अत्तोपत्तो छैन । व्यापारीले बढी नाफा कमाउन चामलको साटो मदिरा ढुवानी गर्न थालेको स्थानीयको भनाई छ । साईपाल गाउँपालिका–४ का राम बहादुर बोहराले भने, “घरमा एक मुठी चामल छैन, वलीपली गरौं भने सबैको आफ्नो जस्र्तै हालत छ” ।
विगतका वर्षमा भोकमारी हुन्छ भन्ने डरले खाद्यान्नको चाँजोपाँजो मिलाउने गरका थिए । यो वर्ष गाउँमै खाद्य डिपो राख्ने भने पछि किन महंगोमा किन चामल राख्ने भन्ने लाग्यो, उनले भने “ठेकेदारले अहिलेसम्म डिपोमा चामल पु¥याएको छैन ।” व्यापारीले पनि चामल ल्याउनुको साटो गाउँमा रक्सी भित्र्याउन थालेका छन् ।
गर्मी मौसम भएकाले आलु खाँदा परिवारमा झाडापखाला देखिएको बोहराको भनाइ छ । “गाउँमा खाद्यान्न उत्पादन खासै हुँदैन । सधैँ किनेर खाने गरेका छौ ।” स्थानीय जयला रोकाया भन्छन “ठेकेदारको बाटो कुर्दा कुर्दै महिना बित्न थालिसक्यो । गाउँमा अझै चामल पुगेको छैन । ” गाउँमा खाद्यान्न संकट दिन प्रतिदिन बढदै गएको उनको भनाइ छ । नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस