aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कोरोना नियन्त्रण गर्न नसक्दा चिलीका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
कोरोना नियन्त्रण गर्न नसक्दा चिलीका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

एजेन्सी । कोरोना भाइरस महामारी नियन्त्रण गर्न प्रयास गरिरहेका चिलीका राष्ट्रपति सेबास्टियन पिनायराले यसै बीच स्वास्थ्य मन्त्री खमे म्यानालिचको राजीनामा घोषणा गरेका छन् ।

यो घोषणा पछि विपक्षी दलहरुले स्वास्थ्य मन्त्रीले पहिले नै राजीनामा दिनुपने बताएका छन् । विपक्षीले तत्काल देशको स्वास्थ्य प्रणालीमा परिवर्तन ल्याउन पनि राष्ट्रपति पिनायरालाई आग्रह गरेका छन् ।

देशका नयाँ स्वास्थ्य मन्त्रीमा नियुक्त भएका एनरिक पेरीले महामारीको सामना गर्दा उनले सरकारको आलोचना गर्ने व्यक्तिको राय पनि सुन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चिलीमा कोरोनाबाट अहिलेसम्म तीन हजार भन्दा बढीको मृत्यु भएको छ र संक्रमितको संख्या १।६७ लाख नाघेको छ।

प्रतिक्रिया दिनुहोस