aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

काठमाडौं बाहिर जान र फर्किनको लागि यस्तो छ नयाँ व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
काठमाडौं बाहिर जान र फर्किनको लागि यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले काठमाडौं बाहिर जाने सवारी र काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी पासका लागि नयाँ व्यवस्था ल्याएको छ। गृहमन्त्रालयको निर्देशनअनुसार आइतबार जिल्ला प्रशासन कार्यलयले एक सूचना जारी गरी यस्तो व्यवस्था ल्याएको जानकारी गराएको हो।

अब काठमाडौं बाहिर रहेकाले काठमाडौं प्रवेशका लागि काठमाडौंको जुन नगरपालिकामा बसोवास रहेको छ सोहि नगरपालिकाको अनुमति चाहिने भएको छ ।  नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासकालागि निवेदन दिनुपर्नेछ । त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने जनाएको छ ।  

त्यस्तै, काठमाडौं बाहिर जानका लागि व्यक्तिगत अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने र सरकारी वा संस्थागत कामका लागि संम्बन्धीत संस्थाको सिफारिस पत्रसहित कार्यालयमा सम्पर्क गरे तुरुन्तै सवारी पास दिने सूचनामा उल्लेख गरिएको छ । 

त्यसैगरि, जिल्लाभित्र जोरविजोर लागू भइसकेकोले काठमाडौं जिल्लाभित्रका लागि सवारी पास हाललाई बन्द गरेको पनि जिल्ला प्रशासन कार्यलय काठमाडौंले सूचना जारी गरी जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस