aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं । एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओ‌लीको स्वास्थ्यमा समस्या आएकोले स्थगित गरिएको हो । 

एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो । 

यसअघि एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस