aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

थप ४२५ जना कोरोना पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
थप ४२५ जना कोरोना पुष्टि, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं । नेपालमा ४२५ थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हुन् । जसमा ३७५ जना पुरुष रहेका छन् भने ५० जना महिला रहेका छन् । 

नयाँ थपिएका संक्रमित मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७, बारा ९, सर्लाहीका ६, रौतहटका ७६, नवलपरासीका ४, बझाङका ५, डडेलधुराका २४, डोटी ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, रुकुम पश्चिमका १, प्यूठानका २, दाङका ५४, धनुषाका १, रामेछापका २, गुल्मी ८, रुपन्देहीका २६, पाल्पाका १७, सुर्खेतका ४१, दैलेखका २९, सिन्धुलीका १, धादिङका २५ जना रहेका छन् । 

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ भने ९ सय ७४ जनाच निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस