
काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्विकृत लिई संकलन गरिएका स्वाबहरु आवश्यक प्रक्रिया पुरा गरि निजी प्रयोगशालाहरुलाई पनि जाँच्ने दिने व्यवस्था गरिएको छ । यसका लागि लाग्ने खर्च नेपाल सरकारले बेहोर्नेछ ।’
त्यस्तै, विदेश जानेले निरोगिताको प्रमाणपत्र लिनुपरेमा विर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालको प्रयोगशालालाई तोकिएको प्रवक्ता गौतमले जनाकारी दिए ।
प्रतिक्रिया दिनुहोस