aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अनिल अम्बानी झन फँस्दै, व्यक्तिगत ग्यारेन्टीको हजारौं करोडको ऋण तिर्न दवाव बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ जेठ २०७७
अनिल अम्बानी झन फँस्दै, व्यक्तिगत ग्यारेन्टीको हजारौं करोडको ऋण तिर्न दवाव बढ्यो

एजेन्सी । रिलायन्स समूहका प्रमुख अनिल अम्बानीको समस्या झन थपिदै छ ।  केहि दिन अघि मात्र बेलायती अदालतले अनिल अम्बानीलाई चिनियाँ बैंकहरूमा ५५०० करोड रूपैयाँ तिर्न आदेश दिएका छ । अब भारतको सबैभन्दा ठूलो सरकारी बैंक एसबीआईले १,२०० करोडभन्दा बढीको ऋण असुली गर्नका लागि राष्ट्रिय कम्पनी कानुन न्यायाधिकरण (एनसीएलटी) मा निवेदन गरेको छ । 

भारतीय समाचार एजेन्सी (पीटीआई)का अनुसार रिलायन्स कम्युनिकेसन र रिलायन्स इन्फ्राटेललाई दिएको ऋणको अनिल अंबानीले व्यक्तिगत ग्यारेन्टी दिएका थिए ।  न्यायाधिकरणले उक्त सुनुवाई गर्दै अम्बानीलाई जवाफ दिन एक हप्ताको समय दिएको छ ।  उही समयमा अनिल अम्बानीका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भने, “यो मुद्दा रिलायन्स कम्युनिकेशन्स (आरकम) र रिलायन्स इन्फ्राटेल (आरआईटीएल)द्वारा लिइएको कर्पोरेट ऋणसँग सम्बन्धित छ र यो अम्बानीको व्यक्तिगत ऋण होइन ।’’

 गएको मे महिनामा बेलायतको एक अदालतले रिलायन्स समूहका अध्यक्ष अनिल अम्बानीलाई २१ दिन भित्र ७१.७ मिलियन तिर्न भनेको छ । चीनको औद्योगिक तथा वाणिज्य बैंक (आईसीबीसी) को मुम्बई शाखा, चीन विकास बैंक र चीनको निर्यात–आयात जोडिएका बैंक हुन । 

यी बैंकहरूले लन्डन अदालतमा दाबी गरे अनुसार  रिलायन्स कम्युनिकेसन (आरकम) लाई २०१२ मा अनिल अंबानीको व्यक्तिगत ग्यारेन्टीको शर्तमा ९२.५२ मिलियन डलर ऋण लिएका छन । अनिल अम्बानीले यो ऋण व्यक्तिगत ग्यारेन्टी तयारी गरिरहेका बेलामा गत फेब्रअरीमा कम्पनी नै टाटा पल्टिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस