
पर्सा । पर्साबाट २ लाख ६७ हजार ५०१ मुल्य बराबरको भैसी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये ६ वटा भैसी र ३ वटा रांगा गरी जम्मा नौ वटा रहेको पर्सा प्रहरी कार्यालयले जनाएकाे छ ।
आइतबार राती साँढे २ बजे प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला पर्सा धोबिनी गा.पा.वडा नं.२ भलुबहिया खोला स्थित भारतबाट नेपालतर्फ भंसार छली अवैध रुपमा ल्याउदै गर्दा उक्त भैंसी सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भैंसी सहित जिल्ला पर्सा बीम.न.पा.वडा नं.२७ उदयपुर घुर्मी बस्ने केदार राउत र अहिरको छोरा ३५ वर्षीय कामेश प्रसाद यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालमा बुझएको छ ।
प्रतिक्रिया दिनुहोस