aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बलिउडमा ३ हजारदेखि ४ हजार करोडसम्म घाटा, स्टारको पारिश्रमिक घटाउन तयार

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, ०१ असार २०७७
बलिउडमा ३ हजारदेखि ४ हजार करोडसम्म घाटा, स्टारको पारिश्रमिक घटाउन तयार

काठमाडौं । कोरोना भाइरसका कारण साढे २ महिनादेखि बलिउडको काम ठप्प छ । धेरै फिल्म सुटिङ र रिलिज अड्किएको छ । जसले गर्दा फिल्मको बजेट पनि प्रभावित भएको छ । 

फिल्म समीक्षकका अनुसार बलिउडलाई ३ हजारदेखि ४ हजार करोड रुपैयाँको नोक्सान हुनेछ । यो संकटकालमा फिल्म निर्देशकको आर्थिक स्थिति हेरेर बलिउडका केही स्टार आफ्नो पारिश्रमिक घटाउन तयार भएका छन् ।

एक अन्तर्वार्तामा माधुरी दीक्षितले भनेकी छिन्, ‘हामीले निर्मातालाई सपोर्ट गर्ने बेला आएको छ । हामी सबै ठीक तरिकाले काम होस् भन्न चाहन्छौँ । त्यसैले हामीले आफ्नो पारिश्रमिक घटाउन जरुरी छ ।’बलिउडका अभिनेता कार्तिक आर्यनले पनि पारिश्रमिक घटाउन इच्छा व्यक्त गरेका छन् । 

‘सान्डकी आँख’ अभिनेत्री तापसी पन्नूले पनि पारिश्रमिक घटाउने बताएकी छिन् । उनले भनिन्, ‘अहिले कुनै पनि सुटिङ भइरहेको छैन । त्यसैले तबल पनि पाइएको छैन । काम सुरू भएपछि पारिश्रमिक घटाउनु पर्‍यो भने म पनि तयार छु ।’  

प्रतिक्रिया दिनुहोस