aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चीनमा शैक्षिक क्षेत्रको लगानी ८.७४ प्रतिशत वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
चीनमा शैक्षिक क्षेत्रको लगानी ८.७४ प्रतिशत वृद्धि

बेइजिङ । चीनले देशभर शैक्षिक क्षेत्रमा गरेको लगानी सन् २०१९ मा ५० खर्ब १७ अर्ब ५० करोड चिनियाँ युआन पुगेको चीन सरकारले बताएको छ ।

सन् २०१९ मा अघिल्लो वर्षको तुलनामा ८.७४ प्रतिशत रकम वृद्धि भएको हो । चीनमा गरिएको शैक्षिक लगानी ५० खर्ब नाघेको यो पहिलो पटक हो । उक्त जानकारी चीनको शिक्षा मन्त्रालयले जुन १३ तारिख सार्वजनिक गरेको ‘चीनमा शैक्षिक लगानीको कार्यान्वयन अवस्था २०१९’ मा उल्लेख छ ।

प्राप्त जानकारी अनुसार, सन् २०१९ मा शिशु विद्यालयमा भएको लगानी ४ खर्ब ९ अर्ब ९० करोड थियो जुन अघिल्लो वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको छ । अनिवार्य शिक्षामा छ वर्षको प्राथमिक तथा तीन वर्षको प्राथमिक विद्यालयमा लगाइएको लगानी २२ खर्ब ७८ अर्ब रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.१२ प्रतिशतलको वृद्धि हो ।

उच्च प्राथमिक विद्यालय शिक्षामा गरिएको लगानी ७ खर्ब ७३ अर्ब पुगेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ७.५३ प्रतिशतको वृद्धि हो । उच्च शिक्षा (विश्वविद्यालय)मा भएको लगानी १३ खर्ब ४६ अर्ब ४० करोड रहेको र अघिल्लो वर्षको तुलनामा ११.९९ प्रशितले वृद्धि भएको छ ।  सिन्ह्वा

प्रतिक्रिया दिनुहोस