aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मेघगर्जन, हावाहुरीसहित भारी वर्षा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
मेघगर्जन, हावाहुरीसहित भारी वर्षा हुने

काठमाडौं । आज पनि मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने भएको छ ।

अहिले कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्रकासाथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा  वर्षा भईरहेकोमा दिउँसोसम्म मुलुकका अधिकांश प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दिउँसो र राति बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

पूर्वी क्षेत्रमा सक्रिय मनसुनी वायु र पश्चिमी भू-भागको पश्चिमी वायुको प्रभावले अब केही दिन वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस