
काठमाडौं । सुरक्षा व्यवस्था अपनाएर व्यवसायीले आजदेखि काठमाडौंका सपिङ मल खोल्ने भएका छन् । उपत्यकाका सिभिल मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, पिपल्स प्लाजा, विशाल बजार, ताम्राकार कम्प्लेक्स, आइप्लेक्स कम्प्लेक्स र केएल टावरस्थित व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी आजदेखि मल सञ्चालन गरिने जनाएका हुन् ।
सरकारले सपिङ मलहरू अहिले नै नखुलाउने निर्णय गरेपनि लकडाउनको असर लामो समयसम्म धान्न नसकिने भएकाले सपिङ मल सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरूको भनाइ छ । सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर मल सञ्चालन गरिने जनाएका छन् । व्यवसायीले व्यवसाय सञ्चालन गर्दा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।
लामो समय व्यवसाय बन्द हुँदा घरभाडा, बैंकबाट लिइएको ऋणको ब्याजदर तथा राज्यलाई करसमेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस