aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

आजदेखि मोटरसाइकलमा पनि जोरविजोर लागू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
आजदेखि मोटरसाइकलमा पनि जोरविजोर लागू

काठमाडौं । आजदेखि चारपांग्रे निजी सवारी साधन सहित मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ । यसअघि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योल रहेकाले आइतबार गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू हुने र चालकमात्र यात्रा गर्न पाउने व्यबस्थाको निर्देशन दिएको हो । 

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार आजदेखि मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने र चारपाँग्रेमा चालक सहित तीन जना यात्रा गर्न पाउने व्यवस्था भएको जानकारी दिए । 

यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो । 

प्रतिक्रिया दिनुहोस