aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

आरोप लगाए जस्तो गफ हानेको होइन, ढुक्क हुनुहोस् देश बन्छः प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
आरोप लगाए जस्तो गफ हानेको होइन, ढुक्क हुनुहोस् देश बन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि अर्को आन्दोलन आवश्यक नरहेकोले ढुक्क रहन आग्रह गरेका छन्। वैकल्पिक शिक्षा प्रणालीको उद्घाटनका लागि शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

प्रधानमन्त्रीले भने, ‘पुरानो पुस्ताले लडेर नै अहिलेको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण बनाइदिएको छ । जति लड्ने हो यो पुस्ता लड्छ । मुलक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाईँका अभिभावकहरुको भनाइ झुटा सवित हुँदैन ।’ अप्ठ्यारोमा दुविधा हुने र त्यसलाई दुर गर्न नेतृत्व चाहिने भन्दै उनले भनेका छन्, ‘आरोप लगाए जस्तो गफ हानेको होइन । ढुक्क रहुँ मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ ।’

मुलुक विग्रँदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको देशको सरकार कर्तव्यबाट चुक्दैछ कि ? आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलकमा दोहोरिने हो कि ? कतिपय विज्ञासु युवाहरुको प्रश्न आफूले सुनेको उनले बताए ।

उनले अब विद्यार्थीको भविष्यको लागि रेडियो, टिभी तथा अनलाइनबाट कक्षाहरु सुरु गर्नु पर्ने अवस्था आएको पनि बताएका छन् । आजको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट सबै सचेत रहन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस