aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

४ सय ५१ जना कोरोना संक्रमित थपिए, ६ हजार २ सय ११ पुग्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
४ सय ५१ जना कोरोना संक्रमित थपिए,  ६ हजार २ सय ११ पुग्याे

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमितको संख्या दिनानु दिन बढिरहेको छ । यसै क्रममा गत २४ घण्टामा .४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएसँगै हालसम्म नेपालमा कुल ६ हजार २ सय ११ जना कोरोना संक्रमित रहेका छन् ।  जसमा ७ सय ७१ जना महिला र  ५ हजार ७ सय ४७ जना पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । 

जसमा ३५ जना महिला र ४१६ जना पुरुष हुन् । साथै गत २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । हाजसम्म १ हजार ४ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतामले बताए ।

उनले मन्त्रालयको नियमित पत्राकार सम्मेलनमा उक्त कुराकाे जानकारी दिएका हुन् । साथै गत २४ घण्टामा ५ हजार ३ सय ६ जनाकाे पीसीआर परिक्षण भएको जनाएको छ । 

कर्णाली प्रदेशमा थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेख ८८ र सुर्खेतका १९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट दैलेखका ३ जनामा कोरोना पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७७ पुगेको छ ।

यसैगरी कालिकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पताल सुर्खेतबाट २३ जना, लेखबेशी आइसोलेसन सेन्टर सुर्खेतबाट ९ जना गरी ५७ जना डिस्र्चाज भएका छन् । कर्णाली प्रदेशमा डिस्र्चाज हुनेको संख्या १ सय ५१ पुगेको छ ।

रौतहटमा सोमबार एकैदिन थप ९८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै रौतहटमा संक्रमितको संख्या ८६९ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटकाअनुसार सोमबार थपिएका संक्रमितहरुमा ईशनाथ नगरपालिकाका ३३ जना, यमुनामाई गाउँपालिकाका ४७ जना, राजपुर नगरपालिकाका आठजना, राजदेवी नगरपालिकाका नौजना र फतुवाविजयपुर नगरपालिकाका एकजना रहेका छन् ।

रोजगारी गरी भारतबाट स्वदेश फर्किएका उनीहरुलाई सम्बन्धित नगरपालिकाको ‘क्वारेन्टिन’मा राखिएको थियो ।

उनीहरुको स्वाबको ‘पीसीआर’ परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस