aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
प्रदेश १

आगामी आवको बजेट ४० अर्ब ८९ करोड(पूर्णपाठसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
आगामी आवको बजेट ४० अर्ब ८९ करोड(पूर्णपाठसहित)

काठमाडौं । प्रदेश १ ले आगामी आवको लािग ४० अर्ब ८९ करोड ९९लाख रुपैयाँको बजेट विनियोजन गरेको हो । सो बजेटमध्ये १८ अर्ब ९३ करोड चालु खर्च हो भने २१ अर्ब ९२ करोड पँुजीगत खर्च र वित्तीय व्यवस्था ४ करोड रहेको छ । प्रदेश १ ले संघ सरकारमार्फत जाने अन्तर सरकारी वित्तीय हस्तान्तरणका २ अर्ब ८८ करोड निवियोजन गरेको छ ।

प्रदेश १ ले बजेट स्रोतका लागि आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड, अनुदानबाट १५ अर्ब ११ करोड र चालु आवको नगद मौज्दातबाट ६ अर्ब रुपैयाँ व्यहोर्ने भएको छ । वित्त व्यवस्थापन ऐन अन्तर्गत रहेर ५ अर्ब ऋण लिने योजना प्रदेश सरकारले बनाएको छ ।   
कोभिड १९ को नियन्त्रणका लागि व्यवस्थापन सहित स्वास्थ्य, शिक्षा, रोजगार र विकासमैत्री नीतिगत अन्तर आवद्धता बढाएर लोककल्याणकारी राज्यको अनुभुती  गराउने बजेटको मु्ख्य उद्देश्य रहेको छ । 

कोरोनका साथै सबै प्रकारका रोग र जोखिमबाट सबै नागरिकलाई सुरक्षित राख्न स्वास्थ्य सेवा पहुँचमा अभिवृद्धि गर्न विश्वसनीय स्वास्थ्य सेवाको विस्तार गर्ने प्रदेश सरकारको रणनीति रहेको छ ।

जनताको आय विस्तार गर्दै रोजगारी सिर्जना र आत्मनिर्भरको विकास तथा प्राविधिक र सीपमूलक शिक्षामा जोड दिँदै कृषि, पर्यटन, र उद्योगमा अन्तरआवद्धता गर्ने योजना सरकारको छ ।

प्रदेश १ ले स्वास्थ्य क्षेत्रको लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  शिक्षा र संस्कृतिमा १३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने प्राविधिक शिक्षा तथा डिजिटल साक्षरताको लागि १६ करोड बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले १७ अर्ब ९३ करोड बजेट पाएको छ । सामाजिक विकास मन्त्रालयले ५ अर्ब ५२ करोड बजेट पाएको छ ।

 

साढे दुई खर्बको बजेट ल्याउँदै प्रदेश सरकार, कस्को बजेट कति ?

पूर्णपाठ हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस