aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

गण्डकीका यी दुई स्थानमा औद्योगिक क्षेत्र निर्माण गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
गण्डकीका यी दुई स्थानमा औद्योगिक क्षेत्र निर्माण गरिने

काठमाडौं । गण्डकी प्रदेशमा एक स्थानीय तह–एक उद्योग ग्राम स्थापना गर्ने कार्यक्रमलाई प्राथमिकताका आधारमा निरन्तरता दिन ५ करोड ६५ लाख रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विनियोजन  गरेका छन् । सोमबार सार्वजनिक गरेको प्रदेश बजेटमा नेपाल सरकारसँगको सहकार्यमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्न कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलाको जग्गा छनौट गरी आवश्यक बजेट विनियोजन गरे बताएका छन् । 

स्वदेशी कच्चापदार्थमा आधारित उद्योग स्थापनाको लागि बीउपुँजी र प्रविधि हस्तान्तरण कार्यक्रम संचालनका गर्न १ करोड १० लाख रुपैयाँ  विनियोजन भएको छ । कोभिड– १९ को कारण रोजगारी गुमाएका बेरोजगारहरूको लागि उद्यमशीलता विकास तथा स्वरोजगारी सिर्जना गर्न २ करोड ५ लाख  छुट्टाएको छ।

प्रदेशभित्र रहेका विभिन्न खानी तथा खनिज पदार्थको सम्भाव्यता अध्ययन गरी खानी तथा खनिज पदार्थ उत्खनन र सञ्चालनको निम्ति संघीय सरकारसँग साझेदारी गर्ने आवश्यक व्यवस्था मिलाउने बजेट वक्तव्यमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस