aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
आगामी आव

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड(पूर्णपाठसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड(पूर्णपाठसहित)

काठमाडौं । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको उक्त विनियोजन विधेयकमा १२ अर्ब ५९ करोड रुपैयाँ चालु खर्चतर्फ रहेको छ । बजेटले १८ अर्ब ६१ करोड ९९ लाख पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ भने स्थानीय तह वित्तीय हस्तान्तरका लागि ५ अर्ब १४ करोड ५० लाख विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

बजेट स्रोतको लागि आन्तरिक राजस्वबाट प्रदेशले २ अर्ब ३ करोड जुटाउने भएको छ भने राजस्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख व्यहोर्नुपर्ने छ ।

चालु आर्थिक वर्षको बचतबाट आगामी आवको लागि ७ अर्ब ९४ करोड ५० लाख जुटाउने अनुमान प्रदेश सरकारले गरेको छ ।
प्रदेश सरकारले आगामी आवको लागि वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६३ करोड, शसर्ततर्फ ५ अर्ब ८१ करोड, समपूरक अनुदानबाट ४८ करोड ३३ लाख  र विशेष अनुदानबाट २१ करोड जुटाउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस