
काठमाडौं । सुदुरपश्चिमले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ३३ अर्ब ३८ करोड १३ लाख बजेट विनियोजन गरेको छ । बजेटमा चालु खर्चतर्फ १४ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । जुन बजेट कुल बजेटको ४२.५ प्रतिशत हो । आगामी आवको बजेटमा १६ अर्ब ७५ करोड र अन्तर सरकारी वित्त व्यवस्थापन अन्तर्गत २ अर्ब १३ करोड ५० लाख र वित्तीय व्यवस्थातर्फ ३० करोड विनियोजन गरेको छ ।
प्रदेश सरकारले आगामी आवको बजेट स्रोतका लागि आन्तरिक राजस्वबाट ६० करोड ७० लाख ३० करोड जुटाउने उल्लेख गरिएको छ । प्रदेशले संघीय सरकारबाट ७ अर्ब ८७ करोड ३६ लाख, राष्ट्रिय प्राकृतिक स्रोत तथा रोयल्टीबाट ७ करोड जुटाउने बजेटमा भनिएको छ ।
नेपाल सरकारले प्रदान गर्ने समानीकरण अनुदानबाट ८ अर्ब ७ करोड, सशर्त अनुदानबाट ४ अर्ब ३९ करोड, समपुरकबाट १ अर्ब २६ करोड र विशेष अनुदानबाट ४८ करोड ५० बजेट स्रोतका रुपमा प्रदेशले पाउने छ ।
चालु आवबाट बचत हुने १० अर्ब ५९ करोड ३६ लाख जुटाउने भएको छ । विकास साझेदाबाट बजेट प्रणालीमार्फत परिचालन हुने सहायताबाट एक करोड ८९ लाख जुटाउने तयारी सूप सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस