aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
प्रदेश बजेट

बागमती प्रदेशको चालू खर्च ५१.१२ प्रतिशत (पूर्णपाठ)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असार २०७७
बागमती प्रदेशको चालू खर्च ५१.१२ प्रतिशत (पूर्णपाठ)

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को लागि बागमती प्रदेशले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट सार्वजनिक गरेको छ । कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार विनियोजन गरेको छ । कुल बजेटको ५१.१२ प्रतिशत चालूतर्फ बजेट विनियोजन गरेको छ । त्यस्तै, पँुजीगत तर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रुपैयाँ बजेट विनियोजन भएको छ जुन कुल बजेटको ४८.८८ प्रतिशत हो । 

बागमती प्रदेशले आगामी वर्षका लागि अनुमानित खर्चको स्रोतमध्ये कर २० अर्ब ८३ करोड ७९ लाख रुपैयाँ, आन्तरिक ऋण १७ अर्ब ८७ करोड ९८ लाख रुपैयाँ र अन्य तर्फ ५ अर्ब १२ करोड ९७ लाख रुपैयाँ रहेको छ । सोमबार सार्वजनिक भएको प्रदेशहरुको बजेटमध्य बागमती प्रदेशको बजेटको अंक सबैभन्दा बढी रहेको  छ । 

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस