
काठमाडौं । लकडाउन खुकुलो भएसंगै गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । लकडाउन खुकुलो बनाएर जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो ।
सवारी पासले जोरबिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको गृह मन्त्रालयले जनाएको छ । सोमबार नै गृह मन्त्रालयले निर्णय कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
सरकारले लकडाउन खुकुलो गरेसँगै जोर बिजोर प्रणालीमा निजी सवारी साधन चल्न दिएको छ ।
प्रतिक्रिया दिनुहोस