
काठमाडौं । कतारको दोहाबाट काठमाडौंको लागि हुने भनिएको चार्टर उडान रद्ध भएको छ। दोहास्थित नेपाली दूतावासले सूचना जारी गर्दै जुन १६ र १७ अर्थात् असार २ र ३ गते नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स मार्फत स्वदेश फिर्तीका लागि तय भएको दुई उडान तालिका स्थगित भएको जनाएको हो ।
दूतावासले निकालेको सूचनामा प्राविधिक कारणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको दुबै चार्टर उडान हाललाई स्थगित गरिएको जनाइएको छ । उडानको अर्को तालिका सार्वजनिक भएपछि मात्रै जानकारी गराईने दूतावास जनाएको छ।
प्रतिक्रिया दिनुहोस