
काठमाडौं । ३६ जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छन। सोमबार प्रहरी प्रधान कार्यालयले असार महिनाको तलब भत्ता खाने गरि एसपीहरुको सरुवा गरिएको सूचना प्रकाशित गरेको छ । अरुण पौडेललाई बागमती प्रदेश हेटौडाबाट जिल्ला प्रहरी कार्यालय तनहँु सरुवा भएका छन् ।
सरुवा सूची अनुसार मोरङ जिल्लामा सन्तोष खड्काको सरुवा भएको छ भने कास्की जिल्लामा जिबन श्रेष्ठलाई पठाइएको छ।त्यस्तै कपिलबस्तुमा नवराज अधिकारी र बाँकेमा ओम रानाको सरुवा भएको छ। बाँकेमा सरुवा भएका राना बिबादास्पद एसपी हुन।
सरुवा सूची अनुसार गोविन्द अधिकारी धनकुटा, जनकराज पाण्डेय डोटी, टीकाबहादुर केसी महोत्तरी, डम्बरबहादुर विक बुटवल ट्राफिक, दीपक रेग्मी पूर्वी नवलपरासी, भीमबहादुर दाहाल उदयपुर, राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सुरेन्द्रबहादुर गुरुङ गोरखा र संजीव शर्मा दास इटहरी ट्राफिक सरुवा भएका छन् ।
त्यस्तै पाल्पामा दिपकराज खरेल, सिरहामा उमाशंकर पन्जियार, तनहुँमा अरुण पौडेल, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापालगायतको सरुवा भएको छ।
प्रतिक्रिया दिनुहोस