
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भोलि झरी पर्ने जनाएको छ । विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको मौसमविदले जनाएका हुन् ।
महाशाखाका अनुसार यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने मौसमविदको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस