
एजेन्सी । उत्तर प्रदेशको रामपुरको नवाब परिवारकी राजकुमारी मेहरुन्निसा खानको तस्वीर चीनको शंघाई शहरको एक रेस्टुरेन्टको मेनू कार्डमा हटाइएको छ । यो तस्विरका बारेमा यसभन्दा पहिला पनि आपत्ति जनाइएको थियो ।
रामपुरका नवाब रजा अली खानकी छोरी राजकुमारी मेहरुन्निसा खानको तस्वीर चीनको शंघाई शहरको एक रेस्टुरेन्टमा मुगलई व्यंजनको सांस्कृतिक पृष्ठभूमि प्रदर्शन गर्न मेन्यु कार्डमा उनको तस्विर छापिएको थियो ।
भारतीय समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार नवाब परिवारका उत्तराधिकारी काजिम अलीले यसबारे आपत्ति जनाएका थिए । यस मुद्दामा उनले चीनका लागि भारतीय राजदूत विक्रम मिश्री र चिनियाँ राजदूतलाई पनि पत्र लेखेर गुनासो गरेका थिए । साथै उनले यो तस्विर हटाउने मांग गरेका थिए ।
यस पछि, चित्र रेस्टुरेन्टको मेन्यु कार्डबाट उक्त तस्विर हटाइयो । रेस्टुरेन्टका मालिकले शाही परिवारको भावनामा चोट पु¥याएकोमा दुख व्यक्त गरे र भविष्यमा यस्तो नगर्ने पनि आश्वासन दिए ।
उक्त प्रतिवेदनका अनुसार चीनका लागि भारतका राजदूत विक्रम मिश्रीले पूर्व मन्त्री नवाब काजिम अली खानले जुन १० मा पठाएको पत्रको जवाफ पठाएका छन्। उनले शंघाईमा हाम्रो दूतावासका अफिसरले रेष्टुरेन्टका मालिकलाई बोलाएर यो कुरा उठाएपछि मालिकले नै उक्त तस्विर हटाएको पुष्टि गरेका छन ।
प्रतिक्रिया दिनुहोस